२९ असार २०८३, सोमबार

हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको शानदार जित

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध शानदार जित निकालेको छ ।

नेपालले भारतलाई ९२ रनले हराएको हो ।

यसअघि आजै कुवेत र युएईले पनि भारतलाई हराएको थियो ।

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात/सात रन बनाए ।

नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई/दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।

यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै, हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।