-धर्मराज तिमिल्सिना
इतिहासका प्रत्येक युगमा केही व्यक्तित्वहरू हुन्छन् जसले प्रचलित सोच, परम्परा र सत्ताको ढाँचा भत्काएर नयाँ चेतनाको बीउ रोप्छन् । तर तत्कालीन समाजले उनीहरूलाई प्रायः गलत ठान्छ । विडम्बना के हुन्छ भने, त्यस्ता व्यक्तिहरूलाई उनीहरूको समयले होइन, इतिहासले मात्र न्याय दिन्छ । प्राचीन ग्रीसका दार्शनिक सुकरात र समकालीन नेपालका राजनीतिज्ञ केपी शर्मा ओली त्यस्तै दुई युगका पात्र हुन् । जसलाई तत्कालीन जनमतले अस्वीकार गरे पनि इतिहासले सम्भवतः पुनर्मूल्याङ्कन गर्न सक्छ ।
सुकरातको मृत्यु र ग्रीक जनताको पश्चाताप
ई.पू. ३९९ मा एथेन्सका नागरिकहरूले सुकरातलाई “युवालाई बिगार्ने” र “देवतामा अविश्वास फैलाउने” आरोपमा मृत्यु दण्ड दिए । तर सुकरातले आफ्नो जीवन दर्शन “सत्य र विवेकको खोज” त्यागेनन् । प्रश्न गर्न सिकाउने उनले विष (hemlock) सेवन गरेर मृत्यु वरण गर्नु पर्यो । सत्यका लागि ज्यान दिनु अन्यायसँग सम्झौता गर्नुभन्दा महान हुन्छ भन्दै मृत्युवरण गर्न तयार सुकरातलाई देवता नमान्ने, युवालाई बिगार्ने, राज्यको विरोध गर्ने आरोप थियो । केही वर्ष नबित्दै, एथेन्सका जनताले महसुस गरे “हामीले बौद्धिक व्यक्तित्व मारेका रहेछौं, विवेक गुमाएका रहेछौँ ।”
सुकरातलाई मूर्तिरूपमा सम्मान, उनका शिष्य प्लेटो र एरिस्टोटलमार्फत पश्चिमी दर्शनको नयाँ अध्याय सुरु भयो । सुकरातलाई मृत्युदण्ड दिएर जनता केही समयका लागि सन्तुष्ट भए, तत्कालीन जनमतले उनलाई “राज्यविरोधी” ठान्यो, त्यो निर्णय पछि ग्रीक समाजले नै गहिरो पश्चाताप अनुभव गर्नुपरेको यतिहास हामिमाझ छ ।
त्यसपछि सुकरातलाई मूर्तिरूपमा सम्मान, उनका शिष्य प्लेटो र एरिस्टोटलमार्फत पश्चिमी दर्शनको नयाँ अध्याय सुरु भयो । सुकरातलाई मृत्युदण्ड दिएर जनता केही समयका लागि सन्तुष्ट भए, तत्कालीन जनमतले उनलाई “राज्यविरोधी” ठान्यो, त्यो निर्णय पछि ग्रीक समाजले नै गहिरो पश्चाताप अनुभव गर्नुपरेको यतिहास हामिमाझ छ । सुकरातको मृत्युपछि केही वर्षमै जनताले महसुस गरे “हामीले निर्दोष, महान दार्शनिकलाई मारेका रहेछौं ।” उनि सही रहेछन, एथेन्स सरकारले त्यस निर्णयलाई नैतिक गल्ती ठहर गर्यो । उक्त अभियोग लगाउनेहरूलाई पछि दण्डित गरिएको इतिहाँसमा उल्लेख छ । इतिहासकै सबैभन्दा ठूलो पश्चाताप त्यही शहरले अनुभव गर्यो र पछि ग्रीक बौद्धिक इतिहासले उनलाई “नैतिक विवेकको पिता” को रूपमा सम्मान गर्यो । आजको ग्रीसमा सुकरातलाई स्वतन्त्र सोच, तर्क र लोकतान्त्रिक मूल्यहरूको प्रतीक मानिन्छ । उहाँको नाममा मूर्तिहरू, सडक मार्ग र विद्यालयहरू खोलिएका छन ।
केपी शर्मा ओली र समकालीन नेपाल
नेपालको राजनीतिमा ओली एक राष्ट्रवाद र आत्मनिर्भरताको प्रतीक पनि हुन्, तर सत्ता–केन्द्रीकरण र राजनीतिक असहिष्णुताका अभियुक्त पनि । राष्ट्रिय स्वाभिमानको उच्च उद्घोष गरेका ओलीको मिचिएको भूमि अस्वीकारको सन्देश सहित संसदबाट सर्वसम्मत मत सहितको नयाँ नक्सा जारी गर्दै सिंहमेव जयतेः कि सत्ये मेव जयतेः भनेर संसदबाट भारतलाई हाम्रो भूमि माथीको हस्तक्षप स्वीकार्य नहुने भन्ने सहास, सार्वभौमिकताको रक्षामा दृढता, देश प्रतिको प्रेम, ठूला भौतिक योजनाहरू, आधुनिक राष्ट्रियता र आत्मनिर्भरता अवधारणा, कोभिड संकटमा औषधि र खोप व्यवस्थापन, खेल क्षेत्रमा, ठूला योगदान छ राजनीतिक रूपले उनलाई “गलत” भन्नु वा “सही” भन्नु केवल कोणको कुरा हो ।
नेपालको राजनीतिमा ओली एक राष्ट्रवाद र आत्मनिर्भरताको प्रतीक पनि हुन्, तर सत्ता–केन्द्रीकरण र राजनीतिक असहिष्णुताका अभियुक्त पनि ।
उनको शासनकालमाका प्रमुख काम र उपलब्धिहरू हेर्दा २०७२ सालको संविधान जारी भएपछि त्यसको कार्यान्वयनमा अग्रणी भूमिकामा रहेका ओलीले संघीय शासन प्रणाली लागू गर्दै प्रदेश सरकार र स्थानीय तह गठन गर्न र तीन तहका निर्वाचन (स्थानीय, प्रदेश, संघीय) सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिकामा रहे ।
“नेपालको भू–अखण्डता र सार्वभौम अधिकारको रक्षा” जस्ता राष्ट्रिय स्वाभिमानका नारा लिएर सोही अनुसारको परराष्ट्र नीति लिएका ओलीले भारतले जारी गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेपछि नेपालले आफ्नै नयाँ नक्सा जारी गर्दै त्यस भूमी सहितको नक्सालाई संविधानको अनुसूचीमा समावेश गर्ने अदम्य साहस गरे, चीनसँग कूटनीतिक सम्बन्ध सुदृढ गर्दै ट्रान्जिट तथा व्यापार सम्झौता र रेलमार्ग सम्भाव्यता अध्ययन प्रारम्भ गर्दै भारत संगको निर्भरता घटाउन “वैकल्पिक मार्ग नीति” लिए ।
अरुण–तेस्रो, माथिल्लो तामाकोशी, तमोर, बुढीगण्डकी, नलगाड, सेती जस्ता धेरै हाइड्रो परियोजनाहरूलाई तीव्रता दिदै देशबाट लोडसेडिङ अन्त्य गरि र अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न सफल पनि ओली नेतृत्वको सरकारले नै गरेको हो ।
पूर्वाधार विकासलाई हेर्दा (नेपाल–भारत) दक्षिण एशियाकै पहिलो पेट्रोलियम पाइपलाइनको सफलतापूर्वक कार्यान्वयन ओलिकै नेतृत्वमा भएको हो । अरुण–तेस्रो, माथिल्लो तामाकोशी, तमोर, बुढीगण्डकी, नलगाड, सेती जस्ता धेरै हाइड्रो परियोजनाहरूलाई तीव्रता दिदै देशबाट लोडसेडिङ अन्त्य गरि र अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न सफल पनि ओली नेतृत्वको सरकारले नै गरेको हो । काठमाडौं–तराई फास्ट ट्र्याक परियोजना, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, सडक विस्तार र पक्कीकरण अभियान, सबै स्थानीय तहमा अस्पताल पुगाउने पनि ओली नेतृत्वको सरकार नै हो ।
सामाजिक सुरक्षा भत्ता वृद्धि (जेष्ठ नागरिक, अपाङ्गता, विधवा आदि विस्तार), सामाजिक सुरक्षा कोष (Social Security Fund) सञ्चालन, निःशुल्क स्वास्थ्य उपचार र बीमा कार्यक्रम विस्तार, एक घर एक धारा, एक घर एक शौचालय अभियान, महिला उद्यमशीलता, सीप विकास र रोजगारी जस्ता जनपक्षिय कार्यक्रम मार्फत सामाजिक सुरक्षा र नागरिक हितका कार्यक्रम अगाडी सार्ने पनि ओलिकै नेतृत्व हो ।
“समृद्ध नेपाल, सुखी नेपाली” नारा सहित दीर्घकालीन विकास दृष्टि प्रस्तुत गर्दै लगानी सम्मेलन विदेशी लगानी आर्कषण गर्ने, भ्रष्टाचार नियन्त्रण, राजस्व सुधार र कर प्रणाली सरलीकरण प्रयास गर्ने, उद्योगमैत्री नीति र मेक इन नेपाल अभियान सञ्चालन मार्फत देशको अर्थतन्त्र सुधार गर्न पर्यत्न गर्ने पनि ओली नै हुन ।
शिक्षा नीति २०७६, नयाँ पाठ्यक्रम र विद्यालयस्तरको एकरूपता ल्याई विद्यालय शिक्षालाई केन्द्रमा राखेका ओलीले, ई–गभर्नेन्स, नागरिक एप, र स्मार्ट सिटी कार्यक्रम प्रारम्भ, नेपालको पहिलो उपग्रह नेपाल स्याटेलाइट परियोजना (NepalSat–१) अन्तरिक्षमा पठाउने जस्ता ऐतिहासिक कार्य गएको पनि देखिन्छ ।
कोभिड–१९ महामारी नियन्त्रणका प्रारम्भिक चरणमा लकडाउन, परीक्षण र क्वारेन्टिन व्यवस्थापन, विदेशमा अलपत्र नेपालीको उद्धार अभियान, आपतकालीन राहत र भुक्तानी प्रणाली डिजिटलाइजेसन गरि आपतकालीन व्यवस्थापन र संकट विमोचन गर्ने नेतृत्व पनि ओली नै हुन ।
शिक्षा नीति २०७६, नयाँ पाठ्यक्रम र विद्यालयस्तरको एकरूपता ल्याई विद्यालय शिक्षालाई केन्द्रमा राखेका ओलीले, ई–गभर्नेन्स, नागरिक एप, र स्मार्ट सिटी कार्यक्रम प्रारम्भ, नेपालको पहिलो उपग्रह नेपाल स्याटेलाइट परियोजना (NepalSat–१) अन्तरिक्षमा पठाउने जस्ता ऐतिहासिक कार्य गएको पनि देखिन्छ ।
राजनीतिक स्थायित्वको लागी लामो समयपछि पहिलो पटक स्थिर सरकारको प्रयास गरेका पनि थिए । उनले चालेका राष्ट्रियता र जनभावना सम्बोधनका कदमहरू हेर्दा भारतको नाकाबन्दी (२०१५) पछि आत्मनिर्भरता अभियान “राष्ट्रवादको पुनःजागरण” अभियान सञ्चालन भएको देखिन्छ भने जलविद्युत्, कृषि, र घरेलु उद्योगमा आत्मनिर्भरता कार्यक्रम मार्फत राष्ट्रिय एकता सुदृढीकरणका प्रयास गरेको देखिन्छ ।
यद्यपि संसद् विघटनको दुई पटकको निर्णय, जुन संवैधानिक विवादको विषय बन्यो, कोभिड व्यवस्थापन र स्वास्थ्य खरिदमा पारदर्शिता प्रश्न, दलभित्रको असन्तोष र विभाजन, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रणको आरोप भने विपक्षीले लगाईरहे । त्यो समयको जनमतले उनलाई समर्थनबाट अस्वीकारतिर धकेल्यो तर निर्वाचन मार्फत पुनर्उदय भयो मतलब जनमत उनकै पक्षमा थियो, सर्वाधिक लोकप्रिय मत उनैले नेतृत्व गरेको पार्टीमा खस्यो ।
जन–जी आन्दोलन र नयाँ युगको संक्रमण
आजको जेन जी आन्दोलनले युवाको विद्रोह र परिवर्तनको लहर बोकेको छ । तर परिवर्तन हरेक पटक संघर्ष र गलत–ठानिएका निर्णयहरू सँगै आउँछ । सुकरात विरुद्ध पनि युवाले नै आवाज उठाएका थिए, तर पछि उनीहरूकै सन्तानले सुकरातलाई “गुरु” माने । नेपालमा पनि यस्तै प्रक्रिया देखिन सक्छ आज ओली “अतीतको प्रतीक” ठानिन्छन्, तर भोलि उनले दिएको “राष्ट्रियता र आत्मनिर्भरता”को विचार पुनः सन्दर्भ बन्न सक्छ । इतिहासको न्याय ढिलो आउँछ, तर अवश्य आउँछ । सुकरातको विष आज दर्शनको अमृत बनेको छ, ओलीको अस्वीकार भोलिको पुनर्विचार बन्न सक्छ । त्यसैले तत्कालीन भावनाले जसलाई अस्वीकार गरिन्छ, इतिहासको विवेकले कहिल्यै त्यसलाई बिर्सँदैन । सुकरातको मृत्युको पश्चाताप ग्रीसको पुनर्जागरणको बीउ बनेको थियो, नेपालमा पनि यस्तै पुनर्जागरण सम्भव छ यदि जनता समयमै आफ्नै निर्णयमाथि विवेकपूर्वक पुनर्विचार गर्न सके भने ।
नेपालमा पनि ओलीविरुद्धको आन्दोलनमा कहीँ विवेकभन्दा भावनात्मक आक्रोश बढी देखिएको संकेत पाइन्छ । यसले राज्य सुधार त माग्छ, तर स्थिर विकल्प अझ अस्पष्ट छ । सुकरातलाई पनि त्यसबेला “राज्य विरोधी” भन्दै मृत्यु दण्ड दिइयो, तर पछि नै जनता बुझ्न पुगे उनि त राष्ट्रलाई चेतना दिने चिन्तक थिए ।
जेन जी आन्दोलन” ले जसरी पुरानो सत्ता संरचना, नीति र विचार, पुरानो राजनीतिक सोच, दलगत लाभ र नेतृत्व प्रणालीमाथि चुनौती दिएको छ, त्यो सामाजिक–राजनीतिक परिवर्तनको एउटा स्वाभाविक लहर हो । यो विद्रोह सामाजिक न्याय, पारदर्शिता र युवा अधिकारको आवाज हो । तर कहिलेकाहीँ भावना र प्रचारले व्यक्तित्व विनाशको उग्र रूप पनि लिन सक्छ । इतिहास देखाउँछ विद्रोहको लहरले कहिलेकाहीँ विवेकभन्दा भावनालाई प्राथमिकता दिन्छ । सुकरातको मृत्यु पनि “भावनात्मक राष्ट्रवाद” को परिणाम थियो जनताले तत्कालीन व्यवस्था रक्षा गर्न बुद्धिको बलिदान गरे । नेपालमा पनि ओलीविरुद्धको आन्दोलनमा कहीँ विवेकभन्दा भावनात्मक आक्रोश बढी देखिएको संकेत पाइन्छ । यसले राज्य सुधार त माग्छ, तर स्थिर विकल्प अझ अस्पष्ट छ । सुकरातलाई पनि त्यसबेला “राज्य विरोधी” भन्दै मृत्यु दण्ड दिइयो, तर पछि नै जनता बुझ्न पुगे उनी त राष्ट्रलाई चेतना दिने चिन्तक थिए । हो, इतिहास सधैं तुरुन्त न्याय गर्दैन । कहिले–काहीं “भीडको निर्णय” पछि “बुद्धिको पुनर्मूल्याङ्कन” आउँछ । त्यसैले यदि ओलीलाई आज “जेन–जी आन्दोलन”ले लखेटेको छ भने, भोलि नेपालका जनता पनि सुकरातको ग्रीक जनता जस्तै “हामीले असल विचारलाई त असमयमा फ्याँक्यौं कि?” भन्ने आत्मपश्चात्तापको क्षणमा पुग्न सक्छन् । सुकरात “नैतिक जिम्मेवारी र नागरिक चेतना” को पक्षधर थिए । ओली पनि “राष्ट्रको स्वाभिमान र स्वावलम्बन” को कुरा गर्थे । तर दुवैको समस्या एउटै थियो उनीहरूको शैली संवादभन्दा एकपक्षीय र कठोर देखिनु । त्यो कारणले उनीहरूका विचार भन्दा व्यक्तित्व विवादमा परे । तर इतिहासले सधैं व्यक्तिको शैली होइन, विचारको प्रभाव नाप्छ ।
त्यो बेला शायद सुकरातजस्तै ओली पनि “गलत समयमा सही कुरा बोलेको व्यक्ति” को रूपमा सम्झिनेछन् । इतिहासका प्रत्येक युगमा केही व्यक्तित्वहरू हुन्छन् जसले प्रचलित सोच, परम्परा र सत्ताको ढाँचा भत्काएर नयाँ चेतनाको बीउ रोप्छन् । तर विडम्बना के हुन्छ भने, त्यस्ता व्यक्तिहरूलाई उनीहरूको समयले होइन, इतिहासले मात्र न्याय दिन्छ ।
अन्तमा जब नेपाल पुनः राष्ट्रिय स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्र, सामाजिक सञ्जालको सिकार र वैदेशिक दबाबबीच डगमगाउँछ, त्यस बेला जनता सोच्नेछन् “के हामीले व्यक्ति होइन, विचार र विवेक नै लखेटेका त होइनौं?” त्यसैले नेपालमा पनि इतिहासले आफ्नो निष्पक्ष न्याय दिनेछ । त्यो बेला शायद सुकरातजस्तै ओली पनि “गलत समयमा सही कुरा बोलेको व्यक्ति” को रूपमा सम्झिनेछन् । इतिहासका प्रत्येक युगमा केही व्यक्तित्वहरू हुन्छन् जसले प्रचलित सोच, परम्परा र सत्ताको ढाँचा भत्काएर नयाँ चेतनाको बीउ रोप्छन् । तर विडम्बना के हुन्छ भने, त्यस्ता व्यक्तिहरूलाई उनीहरूको समयले होइन, इतिहासले मात्र न्याय दिन्छ । प्राचीन ग्रीसका दार्शनिक सुकरात र समकालीन नेपालका राजनीतिज्ञ केपी शर्मा ओली त्यस्तै दुई युगका पात्र हुन् । जसलाई तत्कालीन जनमतले अस्वीकार गरे पनि इतिहासले सम्भवतः पुनर्मूल्याङ्कन गर्न सक्छ । आजको “जेन–जी आन्दोलन” ले त झन् पुराना नेतृत्वहरूलाई जिम्मेवार ठहर गर्दै बहिष्कारको माग गरेको छ । तर यहाँ प्रश्न उठ्छ के यो अस्वीकार भावनामा आधारित हो कि विवेकमा ? विवेकमा आधारित हो भने यस युगमा नेपालमा आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सारा सम्पत्ति राज्यलाई सुम्पिदिएर भ्रष्टाचारका विरुद्ध दृढ भएर उभिने शक्ति संग नझुक्ने, सत्य संग नलड्ने राष्ट्रिय स्वाभिमान र गौरव उच्च बनाउन अग्रसर व्यक्ति ओली माथि नै प्रहार किन? यो गम्भीर प्रश्न अनुत्तरित छ ।








प्रतिक्रिया