७ श्रावण २०८३, बिहिबार

सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका माजिद अन्सारी पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार डुबानबाट प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले लछारपछार गर्दै अन्सारीलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो ।

जेनजी मुभमेन्ट अलायन्सले घटनाप्रति आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।