
काठमाडौं, १७ कात्तिक । दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।
नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०ः३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।








प्रतिक्रिया