काठमाडौं, १७ कात्तिक । आइसिटी अवार्ड २०२५ को प्रि–इभेन्टको रूपमा आयोजना भएको दुई दिने तालिम सम्पन्न भएको छ । कात्तिक १५ र १६ गते स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्दै नेपाल मेन्टरसँगको सहकार्यमा तालिम सञ्चालन भएको थियो ।
तालिममा ४० बढी स्टार्टअप र इन्नोभेटरहरूले सहभागिता जनाएका थिए । सहभागीहरूलाई एमभीपी, ग्रोथ र कम्प्लायन्स रेडी सिस्टमहरू निर्माण गर्न प्रयोग हुने रेडी–टु–यूज बोइलरप्लेट्समा व्यावहारिक ज्ञान दिइएको थियो । साथै, स्टार्टअपको ग्रोथ र दीर्घकालीन विकासमा सहयोग पु¥याउने स्केलेबल, सेक्योर र फ्यूचर–रेडी आर्किटेक्चर विकासमा परामर्श र मार्गदर्शन पनि प्रदान गरिएको थियो ।
तालिमका प्रशिक्षक आर्किटेक्चर एज ए सर्भिसमा लामो अनुभव भएका आलोक कुमार पाण्डे थिए । जससँग सूचना प्रविधि क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२५ ग्राण्ड फिनालेमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ । त्यस अघि, आउँदो कात्तिक २७ र २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदैछ, जहाँ १५० बढी स्टार्टअप र इनोभेसनहरू प्रदर्शन हुनेछन् । फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ ।















प्रतिक्रिया