२६ जेष्ठ २०८३, मंगलबार

जेन–जी आन्दोलनमा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न हेडक्वार्टरको आदेश

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ कात्तिक । नेपाल प्रहरीले भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुछका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।