
काठमाडौं, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आज बस्दै छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन् ।
पछिल्लो समय मुकुकमा भइरहेको राजनीतिक ध्रवीकरणका बारेमा बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार तथा संघीयता विरोधी र सुशासन चाहनेहरूबीचको एकता र मोर्चाबन्दीको आवश्यकताका विषयमा पनि बैठकमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार निर्वाचन प्रयोजनका निमित्त दल दर्ता र निर्वाचन तयारीलगायत समसमायिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।









प्रतिक्रिया