
काठमाडौं, १६ कात्तिक । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले भनेका छन्, ‘केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।’
गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए ।
बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेका हुन् ।













प्रतिक्रिया