२४ जेष्ठ २०८३, आइतबार

विभाजनको संघारमा एकीकृत समाजवादी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विभाजनको संघारमा पुगेको छ ।

शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले निर्णयप्रति आपत्ति जनाए । खनालले अब पार्टी पुनर्गठन गर्ने वा नयाँ पार्टी बनाउने तयारी थालेका छन् ।

‘अब हामी अर्को पार्टी बनाउँछौँ । हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ, नभए नयाँ बनाउँछौँ,’ खनालले भने, ‘क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने छौँ ।’

पार्टीका धेरै नेताहरुले माओवादीसँग एकताका लागि हतार गर्न नहुने अडान राखेका थिए । तर अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा ८८ जना मनोनित गरेर एकताका लागि बहुमत पुर्‍याएको आरोप असन्तुष्ट पक्षको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष नेपालसहित बहुमत सदस्यहरू माओवादी केन्द्रसँगको एकताका पक्षमा उभिँदा खनालसहितका नेताहरू विपक्षमा छन् ।