
काठमाडौं, १३ कात्तिक । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रियस्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखि लागु हुनेगरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो । बैंकले प्रोभिजन अफ डेभ्लपमेन्ट बैंकिङ एक्टिभिजिटअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो ।
अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेको साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्नसक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्नसक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाणपत्र प्राप्तिको लागि यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट समेत गरिएको थियो ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर करिब ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।








प्रतिक्रिया