९ असार २०८३, मंगलबार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।