१५ असार २०८३, सोमबार

एमालेमा महेश : केपी ओलीप्रतिको अलौकिक समर्पण र विश्वास

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–गोपाल वली

इतिहासका पानामा पहिलोपटक नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको त्यो साँझ, हामी सबै उत्साह र गौरवको छातिमा आफ्ना बासस्थान (काठमाडौंमा स्थायी घर नभएका) फर्कदै थियौँ । होटलका कोठाहरूमा फर्कदा आमसञ्चार र सामाजिक सञ्जालका पानाहरू पार्टीको सफलताको तस्वीर र शब्दले रंगिएका थिए । चौताराहरूमा, रेस्टुरेन्टमा सहकर्मीहरूसँग ‘भोलि फेरि भेटौँला’ भन्दै हातमिलाएर बिछोड भइरहेको दृश्यमा म पनि एक थिएँ । सामाजिक सञ्जाल सरकारी निर्णयले बन्द भनिए पनि विभिन्न एप र माध्यमबाट सबैले प्रयोग गरिरहेको यथेष्ट प्रमाण त्यतिखेर उपलब्ध थिए— विपक्षी नेताका स्टाटसहरू समेत त्यसको प्रमाण थिए तर सरकारी निर्णय भने स्पष्ट रूपमा बन्द नै जारी थियो ।

भोलिपल्ट बिहान नित्यकर्म पछाडि मैले फेसबुक र टिकटक खोल्दा निराशाका पोष्टहरू, सरकारविरुद्धका नाराहरू, बालबालिकालाई आन्दोलनमा आउन आह्वान गर्ने सन्देश र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपमानजनक शब्दहरूको घुँगो देखियो । माइतीघरमा विद्यार्थीलाई आह्वान नगर्नु भन्ने माग उठे, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्नुपर्ने, भ्रष्टाचार अन्त्य गर— यी र यस्तै नारा बिहान करिब ९ बजेतिरै व्यापक रूपमा फैलिएका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको भन्दै समाचार लेख्ने ती अनलाइनहरूले नै माइतीघरबाट प्रत्यक्ष प्रसारण गरिरहेका थिए, मजस्ता लाखौँ दर्शकले ती दृष्य हेर्दै थियौँ । अनलाइन पेजहरूमा ‘कति विद्यार्थी जम्मा भएका छन्’, ‘कस्ता विद्यार्थी’, ‘कहाँ–कहाँबाट कसरी आइरहेका छन्’, उनीहरूको धारणा के छ ? यी सबै जानकारी निरन्तर ओहो–हम्म गराउँदै प्रसारण भइरहेका थिए । माइतीघर मण्डलामा सबैले आन्दोलन गर्ने ठाउँ मेरो ध्यान त्यति खिचिँसकेको थिएन, मैले महाधिवेशनजस्तो ऐतिहासिक कार्यक्रमका लागि काठमाडौं आएको बेला केही व्यक्तिगत भेटघाट र पार्टीकै व्यक्तित्वसँगको संक्षिप्त संवादका निम्ति होटलबाट निस्किएर आफ्नो योजनाअनुसार अघि बढेँ ।

२३ गते करिब दिउँसो ३ बजेतिर बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको समाचार सुनियो, केही समयपछि गोली चलेको र विद्यार्थीको मृत्यु भएको खबरले झनै आत्तियो । स्थानीय प्रशासनले पहिले नै निषेधाज्ञा जारी गरिसकेको रहेछ ।

२३ गते करिब दिउँसो ३ बजेतिर बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको समाचार सुनियो, केही समयपछि गोली चलेको र विद्यार्थीको मृत्यु भएको खबरले झनै आत्तियो । स्थानीय प्रशासनले पहिले नै निषेधाज्ञा जारी गरिसकेको रहेछ । यी घटनाहरूबारे साथीहरूसँग विविध तर्क, संवाद र बहस चलिरह्यो । साँझ काठमाडौं त्रसित देखिन थाल्यो । सञ्चारमन्त्रीबाट कुनै स्पष्ट प्रतिक्रिया सुनिएन ।

‘अब भोलि के हुन्छ ?’ भन्ने चिन्ता हरेक अनुहारमा थियो । गोली लाग्ने डरले आमाबुबा अक्सरले आफ्ना बालबालिकालाई आन्दोलनमा जान रोक्न थाले, कतिले ‘मर्न को जान्छ’ भन्दै आन्दोलनलाई सामान्य घुम्तीमा नरहेको टिप्पणी गरे । फेरि, सरकारले के–के मागहरु पूरा गरिसकेको देखिन्थ्यो र सामाजिक सञ्जाल पनि खुलिसकेको थियो, तर प्रश्न उही रह्यो : ‘विद्यार्थीलाई किन गोली हानियो ?’

‘अब भोलि के हुन्छ ?’ भन्ने चिन्ता हरेक अनुहारमा थियो । गोली लाग्ने डरले आमाबुबा अक्सरले आफ्ना बालबालिकालाई आन्दोलनमा जान रोक्न थाले, कतिले ‘मर्न को जान्छ’ भन्दै आन्दोलनलाई सामान्य घुम्तीमा नरहेको टिप्पणी गरे । फेरि, सरकारले के–के मागहरु पूरा गरिसकेको देखिन्थ्यो र सामाजिक सञ्जाल पनि खुलिसकेको थियो, तर प्रश्न उही रह्यो : ‘विद्यार्थीलाई किन गोली हानियो ?’ यस्ता अनेक तर्कवितर्कसँगै हामी बासतर्फ लाग्यौँ ।

२४ गते बिहानै सडकहरूमा एउटा अलौकिक, सुसंगठित तर अनुशासित नभएको समूह चलेको देखियो—सिकार खोसिएको बाघझैँ, आयोजनमा नभएर उग्र रूपमा क्रियाशील उमेर समूहभन्दा परको कतिपय मानिसहरूले सडक कब्जा गरे । अघिल्लो दिनका घटनाले जनपथस्थित प्रहरीले मनोबल गुमाएको स्पष्ट थियो, प्रहरी रोकथाममा देखिँदैनथ्यो । कालो पोशाकधारी, मुखमा मास्क लगाएका, ठूला मोटरसाइकलमा आएका समूह, सुरक्षा तालिम केन्द्रबाट भागेका जस्ता देखिने केही तत्व सडकमा ताजा हुँदै थियो । बिहान करिब एघार बजेको हाराहारीमा बानेश्वरको संसद् भवन, नेकपा (एमाले)को पार्टी कार्यालय र महासचिव शंकर पोखरेलको निवासमा आगजनी र तोडफोड हुने दृश्यले काठमाडौंलाई अज्ञात भयमा पुर्‍यायो । सहरका दृश्यहरू हिन्दी फिल्मभन्दा पनि बढी भयावह देखिन थाले । शहर खरानी बन्दै गएको अनुभूति थियो । जननिर्वाचित प्रधानमन्त्रीले सुरक्षा निकायको असहयोगका कारण राजीनामा दिनु परेको भन्ने चर्चा फैलियो । यस्तोले लाग्थ्यो कि मानौं मानव बस्तीमा एलियन प्रवेश गरेर मानव र मानव बस्ती दुवै ध्वस्त बनाउन आएको हो ।

सामाजिक सञ्जालमा भनिएका ‘आन्दोलनकारी’ भन्दा वास्तविकता फरक थियो, आयोजनका नाममा देखिने ती समूह प्रायः नाम मात्रका थिए र ती सबै गैर उमेर समूहका थिए— लुटपाट, आगजनी, तोडफोड काठमाडौंसहित देशभरि फैलियो ।

सामाजिक सञ्जालमा भनिएका ‘आन्दोलनकारी’ भन्दा वास्तविकता फरक थियो, आयोजनका नाममा देखिने ती समूह प्रायः नाम मात्रका थिए र ती सबै गैर उमेर समूहका थिए— लुटपाट, आगजनी, तोडफोड काठमाडौंसहित देशभरि फैलियो । मृत्युको संख्या २३ गते प्रहरीले चलाएको गोलीबाट भएको भनिए पनि २४ गते प्रहरी निकै अलपत्र र कम उपस्थित देखिन्थ्यो; प्रहरी बर्दीमा पनि कम देखा पर्‍यो । शसस्त्र प्रहरीको उपस्थिति प्रायः अनुपस्थित समान थियो । सामाजिक जिज्ञासा र अटकलमा सेना प्रधानमन्त्रीको राजीनामा गराउने वा आफै सरकार गठन गर्ने भन्ने विषय पनि आइरह्यो । २४ गतेको दृष्य र त्यसको व्याख्या यहाँ विस्तारमा राख्न योग्य अवस्थामा छैन, त्यो करिब २४ घण्टा नेपालको समग्र इतिहासमै एक अकल्पनीय, भयानक र विध्वंसकारी घटना बनेर उभियो । मैले आन्दोलनमा आफ्नै चिनजानका राजावादी, माओवादी, केही कांग्रेस र एमाले नामधारी मानिसहरू समेत देखेँ तर आन्दोलनको तात्विक स्वरूप, प्रश्न र माग स्पष्ट थिएन । त्यो आन्दोलन तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भौतिक रूपमा समाप्त पार्न र नेकपा(एमाले)लाई बदनाम गर्ने उद्देश्यले प्रेरित वा प्रवर्धित भएको झल्किन्थ्यो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई करिब दश दिन सैनिक नियन्त्रणमा राखिएको घटना भयो । बुढा केपीलाई हटाएर उहाँभन्दा बढी जेष्ठ व्यक्तिलाई फागुन २१ मा निर्वाचन सम्पन्न गराउन सक्ने भनी गठित अन्तरिम सरकारको प्रधानमन्त्री तीनै जेनेरेसन जेड पुस्ताका नेताहरूको सिफारिसमा नियुक्त गरियो— यो दृश्य अकल्पनीय मात्र होइन, मानव सभ्यताका लागि पनि अनिष्टकर रह्यो ।

केपी शर्मा ओलीमा केही विशिष्ट गुण छन् जुन मेरा अनुभवअनुसार आजसम्म अन्य जतिसुकै नेतृत्वकर्तामा पाइँदैन । ओली एमालेको नौ महिने सरकारको गृहमन्त्री हुँदा देशमा गृह प्रशासनको बल प्रयोग प्रायः सुनिदैनथ्यो । परराष्ट्रमन्त्री हुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शीर उचाइमा राख्ने काम गरिएको थियो । आफ्ना तथा श्रीमतीका नाममा रहेको आवास सम्पत्तिलाई राष्ट्रका नाममा समर्पण गर्नेजस्ता उदहारणले जनमनमा उहाँको सकारात्मक छवि निर्माण गरेको देखिन्छ । प्रश्न उही उठ्छ— आन्दोलनकारी (जेन–जेड)का बुवाआमाहरूले आफ्नो पैत्रिक सम्पत्ति राष्ट्रलाई समर्पण गरेका कति उदाहरण छन् ?

केपी शर्मा ओलीमा केही विशिष्ट गुण छन् जुन मेरा अनुभवअनुसार आजसम्म अन्य जतिसुकै नेतृत्वकर्तामा पाइँदैन । ओली एमालेको नौ महिने सरकारको गृहमन्त्री हुँदा देशमा गृह प्रशासनको बल प्रयोग प्रायः सुनिदैनथ्यो । परराष्ट्रमन्त्री हुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शीर उचाइमा राख्ने काम गरिएको थियो । आफ्ना तथा श्रीमतीका नाममा रहेको आवास सम्पत्तिलाई राष्ट्रका नाममा समर्पण गर्नेजस्ता उदहारणले जनमनमा उहाँको सकारात्मक छवि निर्माण गरेको देखिन्छ । प्रश्न उही उठ्छ— आन्दोलनकारी (जेन–जेड)का बुवाआमाहरूले आफ्नो पैत्रिक सम्पत्ति राष्ट्रलाई समर्पण गरेका कति उदाहरण छन् ? देशका ग्यास तथा पेट्रोलिय पदार्थको अन्वेषण, हुलाकी राजमार्गको पुनस्थापना, सुरुङयुगका परियोजनाहरू, चीनसँगको पारवहन सम्झौता, लिपुलेक–लिम्पियाधुरा–लिपुलेक नक्सामा समावेशजस्ता दूरगामी कार्यहरू कसले अघि बढाए ? एक वर्षमै सयौं पुल–पुलिया निर्माण, देशमा पर्याप्त मात्रामा वैदेशिक मुद्रा सञ्चय र वार्षिक रूपमा सयौं किलोमिटर सडक कालोपत्रे, यी सबै जनहितका कामहरू केपी शर्मा ओलीको कार्यकालमा उल्लेखनीय बनेका तथ्य हुन् । समयरेखासहित हेर्दा केपी र अरू नेताहरूले गरेका कामहरूको तुलना गर्दा यी उपलब्धिहरू प्रष्ट देखिन्छन् । त्यही भएर मेरो केपीप्रति विश्वास दृढ थियो— लाखौं कार्यहरू छन् जुन उहाँले देश, पार्टी र बाहिर विश्वभरि रहेका नेपालीका निम्ति गरेका योगदानहरू हुन् ।

यहीबीच मेरो एउटा गुनासो छ । केपीका मनमा पाप छैन भन्ने अनि उहाँमा विभेदको भावना नभएको कुरा सत्य हो, सबैप्रति स्नेह र सहयोग गर्ने उहाँको स्वभाव रहँदै आएको छ । उहाँले सयौंको राजनीतिक र राजकीय जीवन बनाइदिएका छन् । एमाले भित्र र समाजमा सुनिन्छ— कतिपय जिल्ला र केन्द्रीय कमिटीसम्म पुग्ने पात्रहरू उपयुक्त नहुँदा पनि केपीकै कारण नियुक्त भएका हुन् । उहाँले जे–जसो मान्ने ‘छोराछोरी’ भनिने उमेरका मानिसहरूलाई देशभरि छोराछोरीझैँ व्यवहार गर्नुभएको छ तर तीमध्ये धेरै पदलोभी, चाप्लुसी गर्ने र आधारविहीन देखिएका छन् । स्नेह र सहयोग केपीको एकतर्फीय पनि रहन पुगेको छ भन्ने कुराले आज पार्टीभित्र समस्याहरू निम्त्याएको छ । यसमा एउटा अपवाद मात्र सच्चा साथीसँगको समर्पित सहकार्य जस्तो देखिन्छ— महेश बस्नेतको नाम ।

‘म महेश’ पुस्तकमा उल्लेख भएअनुसार महेश केबल शक्तिशाली नेतृत्वलाई मात्र होइन, मानवीय दृष्टिले पनि तत्कालीन नेतृत्वका लागि समर्पित रहेछन् । महेशले व्यक्त गरेको सेवा र व्यवहारलाई हेर्दा उहाँको निष्ठा र समर्पण स्वार्थरहित झल्किन्छ ।

‘म महेश’ पुस्तकमा उल्लेख भएअनुसार महेश केबल शक्तिशाली नेतृत्वलाई मात्र होइन, मानवीय दृष्टिले पनि तत्कालीन नेतृत्वका लागि समर्पित रहेछन् । महेशले व्यक्त गरेको सेवा र व्यवहारलाई हेर्दा उहाँको निष्ठा र समर्पण स्वार्थरहित झल्किन्छ । केपीलाई सहयोग गर्दा महेशलाई राजनीति तथा समाजमा ठूलो मान–प्रतिष्ठा मिलेको छ तर विखण्डकारी, ध्वंसकारी, विदेशी डलरप्रेरित तत्व र पार्टीभित्रका छुराधारीहरूको आँखामा महेश निन्दनीय पात्र झैँ देखिएका छन् । इतिहासले हिजो जस्तो प्रमाणित गर्‍यो, आज पनि त्यही झल्किन्छ— हिजो माओवादीको शहरी विद्रोहलाई नियन्त्रणमा ल्याउन र अवैध लुट–आतङ्कको विरुद्ध प्रतिवाद गर्न महेश अग्रस्थानमा थिए ।

नेकपा (एमाले)को पोलिटब्यूरो सदस्यको जिम्मेवारीले गर्दा केपीलाई सहयोग गर्नु बाध्यकारी भने होइन तर हिजो ‘बा’ पछिको ‘बा’ भन्नेहरूले आज पदको संकट आयो भने राजीनामा माग्ने व्यवहार देखाउँदा मर्माहत हुन्छु । केपी सरकारलाई ‘क्रुर दमन’ गरेको भन्दै आलोचना भए पनि देशभरि अधिकांश संगठन र व्यक्ति अझै एकजुट देखिन्छन् ।

नेकपा (एमाले)को पोलिटब्यूरो सदस्यको जिम्मेवारीले गर्दा केपीलाई सहयोग गर्नु बाध्यकारी भने होइन तर हिजो ‘बा’ पछिको ‘बा’ भन्नेहरूले आज पदको संकट आयो भने राजीनामा माग्ने व्यवहार देखाउँदा मर्माहत हुन्छु । केपी सरकारलाई ‘क्रुर दमन’ गरेको भन्दै आलोचना भए पनि देशभरि अधिकांश संगठन र व्यक्ति अझै एकजुट देखिन्छन् । कतिपय अनुकूल नभएका व्यक्ति—जिनलाई नियुक्ति मिलेको थियो । आज सार्वजनिक रुपमै टाढा छन् वा सामाजिक सञ्जालमा आफ्ना पीडा व्यक्त गरिरहेका छैनन् । हिजो केपीले संरक्षण गर्नुभयो भन्नेहरूले आज पार्टी संकटमा ‘बा’ भन्न तत्पर छैनन्, यसले नेपाली उखान ‘बाटोमा हग्नेलाई भन्दा देख्नेलाई लाज’ लाग्ने अवस्था झल्काउँछ । परम्पराको रक्षक भनेर चिनिनेहरू आज पार्टी संकटमा मौन छन् । त्यसैले महेश बस्नेत नेतृत्वको टोलीले केपीको ‘कुटी’ निर्माणको काम गर्दैछ र त्यो कार्य कतिपय गुण्डुबासीको सहयोगबाट हुन सक्छ भन्ने आशङ्का महेशलाई सताइरहेछ । उनले चन्दा नलिई गुण्डुबासीको सहयोगले निर्माण गर्ने घोषणा गरेको सुनिन्छ ।

राजनीतिक सत्य के हो भने देशमा पुस्ता– नाममा आधारित विध्वंस भइरहेकाले राजनीतिक दल, नेता वा सार्वजनिक व्यक्तित्वले विचार व्यक्त गर्न कठिन अवस्था आएको बेला, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नै पहिलो यस्तो व्यक्तित्व हुनुहुन्छ जसले देश र जनतालाई निराशाबाट आशातर्फ डोर्‍याउने प्रयास गर्नुभयो । त्यसपछि मञ्चबाट प्रतिवाद गर्ने र जे–जे पुस्ताको आडमा भएको विध्वंसको सबै किसिमको प्रतिवाद गर्ने नेतृत्वको पहिलो पंक्तिमा महेश बस्नेत उभिनुभएको छ । महेश एक्लैले पुग्दैनन्— सयौं महेश जन्मनु आवश्यक छ । यो देशको आवश्यकता हो, पुर्खाको शिक्षा हो, मानवताको परिचय हो, अग्रजको सम्मान हो, राजनीतिक दलका नेताको दायित्व हो र नागरिक धर्मको पूर्ति हो ।

(लेखक गोपाल वली एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ)