२० असार २०८३, शनिबार

जापानमा नेपाली विद्यार्थीको मृत्यु

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अध्ययनका लागि जापान पुगेका एकजना नेपाली युवकको मृत्यु भएको छ ।

चिबा सहरमा बस्दै आएका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ बल्ले डिमुरगौराका सुरेन्द्र वलीको शनिबार राति मृत्यु भएको हो । २१ वर्षीय वलीको मृत्युको कारण भने खुल्न सकेको छैन ।

अस्पतालको रिपोर्ट आएपछि मात्रै कारण खुल्ने बताइएको छ ।

१२ कक्षा उत्तीर्ण गरेपछि उनले काठमाडौंमा प्रारम्भिक जापानी भाषा सिकेर अध्ययनका लागि जापान गएका थिए ।