
काठमाडौं, २ कात्तिक । सानिमा बैंक लिमिटेडले आइतबार २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख २१औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा २.५७ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब रुपैयाँ, कुल निक्षेप २२५.४८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १८३.४५ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।








प्रतिक्रिया