२ श्रावण २०८३, शनिबार

सन नेपाल लाइफद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।

यसअन्तर्गत राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ, जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्नेछ । कम्पनीको यस कदमबाट खेलालीहरुलाई थप प्रोत्साहन मिल्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार, यो योगदान “सुरक्षा मार्फत साहस र प्रेरणा” भन्ने सन नेपाल लाइफको विश्वासलाई प्रतिबिम्बित गर्छ— जब हाम्रो हिरोहरू सुरक्षित हुन्छन्, तब उनीहरू अझै जोशका साथ राष्ट्रको गौरवका लागि खेलेका हुन्छन् ।

यो पहलमार्फत सन नेपाल लाइफ इन्स्योरेन्सले राष्ट्रको प्रतीक बन्ने हरेक नेपालीप्रति आभार प्रकट गर्दै “जीवन सुरक्षित, सपना सशक्त” बनाउने आफ्नो प्रतिवद्धता पुनः दोहोर्‍याएको छ ।