९ कार्तिक २०८३, सोमबार

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजमा आइटीको पढाइ सँगै कामको अवसर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । पूर्वान्चल विश्वविद्यालय अन्तर्गतका कलेजमा आइटीको पढाइसँगै कामको अवसर पाइने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन भोलानाथ घिमिरे र युएसएको लस एन्जल्स स्थित रिसेक्युरिटी कम्पनीका बिजनेस हेड राजन राज पन्तकाबीचमा पूर्वान्चल विश्वविद्यालय अन्तर्गत आइटी कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई रिसेक्युरिटी कम्पनीमा सबै किसिमका साइबर सेक्युरिटीको क्षेत्रमा पेड इण्टर्नसिप गराउने गरी सम्झौता भएको हो ।

उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, विश्वविद्यालयका अन्य पदाधिकारीहरु तथा पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन लिई कम्प्युटर इन्जिनियरिङ तथा बिआइटी अध्यापन गराइरहेको हिलसाइड कलेज अफ इन्जिनियरिङका एमडी गोपीकृष्ण न्यौपानेको उपस्थितिमा एमओयु हस्ताक्षर गरिएको छ ।

कार्यक्रममा रिसेक्युरिटीका बिजनेस हेड राजन राज पन्तले आफूलाई निकै धेरै संख्यामा आइटी जनशक्ति चाहिने र आइटी पढ्ने विद्यार्थीले काम गर्दै पढ्न पाउने अवसर प्रदान गर्न सम्झौत भएको उल्लेख गरे । उनका अनुसार यो सम्झौताबाट दक्ष जनशक्ति उत्पादन भएर आइटीको विश्व बजारमा बिक्ने अवसर खुल्ने भएकाले अमेरिकामा रहेको रिसेक्युरिटी कम्पनीले पूर्वान्चल विश्वविद्यालयसंग एमओयु गरेको प्रष्ट पारे।

त्यसैगरी अब रिसेक्युरिटी कम्पनीले फ्याकल्टीहरुलाई तालीम दिने, विद्यार्थीहरुलाई साइबर सेक्युरिटीको बारेमा विकसित भएका नवप्रविधिको बारेमा ज्ञान दिने लगायत विश्वविद्यालयको हीत हुने कुरामा सहयोग गर्ने जानकारी दिएका छन् ।

इन्जिनियरिङ संकायका डीन भोला घिमिरेले इन्जिनियरिङ मात्रै नभएर विज्ञान तथा प्रविधिको क्षेत्रमा तथा साइबर कानूनको क्षेत्र समेत समेट्ने गरी यस विश्वविद्यालयले आइटीसंग सम्बन्धित विभिन्न कार्यक्रमका लागि पाठ्यक्रम तयार गरेकोले यो पाठ्यक्रम कार्यान्वयनको लागि समझदारीपत्र कोसेढुंगा साबित हुने उनले विश्वास व्यक्त गरे ।

जुनसुकै कार्यक्रममा अध्ययन गरेपनि आइटीको सामान्य ज्ञान हुनैपर्ने आजको स्थितिमा डाटा सेक्युरिटीको लागि अमेरिकाको प्रतिष्ठित कम्पनी रिसेक्युरिटीसंग समझदारी गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले अवसर उपयोग गर्न चाहने विद्यार्थीले सम्बन्धित आइटी अध्यापन गराइरहेका कलेजहरुमा सम्पर्क गर्न सकिने गरी सहजता प्रदान गरिएको जानकारी दिएका छन् ।