काठमाडौं, ३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गर्नेलाई छोड्न नसकिने स्पष्ट पारेकी छिन् ।
आज सरोकारवालाहरूसँग छलफल गर्दै उनीहरूलाई कानून संशोधन गरेर भएपनि कारबाही गर्नुपर्ने बताएकी हुन् ।
‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू सुनका घडी लगाएर हिँड्छन् । महँगा गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन् । उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं,’ प्रधानमन्त्रीले भनिन्, ‘जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ।’
सहकारी ठगीमा परेकाको घरजग्गा नै लिलाम गरेर भएपनि पिडितको बचन फिर्ता गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ । यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो । यसैका लागि आएको हो,’ उनले भनिन् ।








प्रतिक्रिया