काठमाडौं, ३० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचन भड्काउन लागि परेका बताएका छन् ।
जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही तत्वहरू निर्वाचन बिथोल्न सक्रिय रहेपनि समयमै निर्वाचन हुने बताएका हुन् ।
बिथोल्न खोज्नेलाई सम्झाई बुझाइ गर्ने नभए सरकारले आफ्नो ढंगले काम गर्ने उनको भनाइ छ ।
उनले भने, ‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ। अब त्यो एलिमेन्टहरुलाई सकभर सम्झाई बुझाई नै गर्ने हो। त्यो एलिमेन्टहरुले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ। निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ।’








प्रतिक्रिया