काठमाडौं, ३० असोज । मधेश प्रदेश सांसद सरोज सिंहसहित १६ जनाविरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद कुशवाहसहित १६ जनाविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासवान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरूलाई विभिन्न उपभोक्ता समितिहरू गठन गरी भ्रष्टाचार गरेको आरोप छ ।















प्रतिक्रिया