७ श्रावण २०८३, बिहिबार

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

जनकपुरधाम, ३० असोज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी –लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।