काठमाडौं, ३० असोज । मधेश प्रदेश सांसद सरोज सिंह कुशवाह पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो । उनी यसअघि गत जेठमा पनि पक्राउ परेर तारेखमा छुटेका थिए ।
जनता समाजवादी पार्टीका सांसद सिंहले सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप छ । उनलाई मुद्दा दर्ताका लागि पक्राउ गरिएको बताइएको छ ।









प्रतिक्रिया