
काठमाडौं, ३० असोज । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ३२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया