१ असार २०८३, सोमबार

जेनजी आन्दोलनको क्रममा चोरी गर्ने युवक पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । जेनजी आन्दोलनको क्रममा चोरीमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बृत्त नयाँ बानेश्वरले चितवन कालिका नगरपालिका–६ टाडी घर भई हाल भक्तपुर नगरपालिका–६ च्यासिन टोल बस्ने २९ वर्षीय बिजय लामालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लामाले आन्दोलनको समयमा विभिन्न मूल्यवान धार्मिक तथा इलेक्ट्रोनिक सामग्री चोरी गरेका हुन् ।

उनको साथबाट बुद्धको एक थान मुर्ती, अकित शख जस्तो देखिने गणेशको एक थान मुर्ती, अर्को गणेश मुर्ती, सिङ्गिङ्ग बल एक थान र एक थान आइफोन १४ प्रो म्याक्स बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।