४ असार २०८३, बिहिबार

जेनजी आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक भयो : केपी ओली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन हाइज्याक भएको बताएका छन् ।

संसद् विघटन, सरकार ढाल्नेजस्ता माग जेनजीको नभएको बताउँदै उनले आन्दोलन हाइज्याक भएको बताएका हुन् ।

उनले भने, जेन–जीकै अगुवाहरु अहिले पनि भनिरहेका छन्, संसद् विघटन, सरकार ढाल्नेजस्ता माग हाम्रो थिएन भनेर भनिरहेका छन्। आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक गरियो भन्ने उनीहरूको भनाइ आइरहेको छ । भएको पनि यही हो।’

भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको उनको भनाइ छ ।