१७ असार २०८३, बुधबार

एमालेले गठन गर्‍यो समसामयिक प्रस्ताव तयार गर्न र बहस नोटका लागि कमिटी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले) ले समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।

आजबाट जारी केन्द्रीय कमिटी बैठकले पारित गर्ने समसामयिक प्रस्ताव तयार गर्न उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा ३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा नेताहरू राजेन्द्र गौतम र महेश बर्तौला सदस्य रहेका छन् ।

त्यसैगरी बैठकमा बहस नोटका लागि सूर्य थापाको नेतृत्वमा ३ सदस्यीय कमिटी बनाइएको छ । थापा नेतृत्वको कमिटीमा विष्णु रिजाल र निरज आचार्य सदस्य रहेका छन् ।