१९ असार २०८३, शुक्रबार

अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

उक्त कार्यालयमा आज साँझ अख्तियारको टोलीले छापा मारेको हो । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

पाइप खरिदमा भ्रष्टाचार भएको आरोपमा छापा मारिएको हो ।