३ श्रावण २०८३, आइतबार

मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २८ असोज । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी दिएको हो ।

यसैगरी, नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोकिएको पनि कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।