६ असार २०८३, शनिबार

संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २८ असोज । संसद् विघटन गर्ने अन्तरिम सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौं विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले रिट दायर गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको र असंवैधानिक प्रधानमन्त्रीबाट भएका अन्य निर्णय बदर हुनुपर्ने माग राखेका छन् । रिटमा सरकारले गरेका निर्णय कार्यान्वयन रोक लगाउन अन्तरिम आदेश माग गरिएको छ ।

सर्वोच्च अदालतले आज (मंगलबार)देखि रिट दर्ता सुरु गरेको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनले आगजनीबाट सर्वोच्च अदालत ध्वस्त भएपछि सेवा ठप्प रहेको थियो । आइतबार बसेको अदालतको पूर्ण बैठकले बन्द रहेको रिट दर्ता एवं सुनुवाइ मंगलबारबाट सुरु गर्ने निर्णय गरेको थियो ।