
काठमाडौं, २६ असोज । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल विकल्प छनोट गरी आफ्नो इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न बैंकले भनेको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।
इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन बैंकले अनुरोध गरेको छ ।








प्रतिक्रिया