९ श्रावण २०८३, शनिबार

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । दसैं, तिहार एवं छठ पर्वलाई विशेष लक्षित गर्दै सिप्रदी अटोपार्ट्स प्रालिले ग्राहकहरूका लागि ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ ।

दसैंमा अपार सफलता प्राप्त गरेपछि अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अद्वितीय अवसर पाउनेछन् ।

यस अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक जित्ने सुनौलो अवसर पाउनेछन् ।

कम्पनीका अनुसार यस्तो छ लक्की ड्रमार्फत पाउन सकिने आकर्षक पुरस्कारहरू:

– १,००,००० रुपैयाँ माथिको खरिदमा बजाज पल्सर १५० सिसि (बम्पर उपहार)

– ७५,००० रुपैयाँ माथिको खरिदमा टिभिएस स्कुटर (१२५ सिसि)

– २५,००० रुपैयाँ माथिको खरिदमा स्मार्ट टिभी

– ५,००० रुपैयाँ माथिको खरिदमा स्मार्टफोन

साथै, हरेक खरिदमा १,००० रुपैयाँसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ ।

कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले मर्मत खर्च घटाउँछ र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ ।

टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स का नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि हो । नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको वर्षौँदेखिको विश्वसनीय छनोट टाटा जेन्युइन पार्ट्स रहँदै आएको छ ।

Skip This