
काठमाडौं, २६ असोज । टाटा मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यसवर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम शुभारम्भ गरेको छ ।
हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरका साथ ‘सुनको असर्फी’ बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्नेछन् ।
टाटाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनीले जनाएको छ ।
यस विशेष कार्यक्रमअन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू– टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पञ्च, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
यस्तै, यस कार्यक्रमअन्तर्गत फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । यसका साथै, यस पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले ‘सुनको असर्फी’ भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।








प्रतिक्रिया