२२ जेष्ठ २०८३, शुक्रबार

गुण्डा नाइके सानुभाइ फेरि पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले टोखास्थित घरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

गुरुङलाई प्रहरीले धाकधम्कीको आरोपमा पक्राउ गरेको हो ।

गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । यसअघि साउन १५ गते ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए ।

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।