१ श्रावण २०८३, शुक्रबार

सप्तकोशी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १९ असोज । पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पानीको बहाब उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बाली रातो झण्डासमेत फहराइएको छ ।

यसैगरी, कोशी ब्यारेज वरिपरी सवारीसाधान सञ्चालनमा समेत रोक लगाइएको छ ।

यसैबीच, आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोशी ब्यारेजको निरीक्षण गरेको छ ।