१९ असार २०८३, शुक्रबार

नागढुङ्गाबाट साँझ ५ बजेभित्र मात्र गाडीलाई जान दिइने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ ।

बाढीपहिरो लगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौंबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुङ्गामा ५ः०० बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ । सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ ।”

यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ ।

आज बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुङ्गाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।