१५ कार्तिक २०८३, आइतबार

नागढुंगा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडौंतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि नै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए ।