
काठमाडौं, १८ असोज । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज (शनिबार)देखि भोलि (आइतबार) बिहानसम्म अति भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म अति भारी वर्षा र राति १० बजेदेखि बिहान २ बजेसम्म बढी जोखिम हुने सम्भावना रहेको बताए ।
बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका बासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहेका सर्वसाधारणहरुलाई सचेत रहन आग्रह गरेका छन् ।








प्रतिक्रिया