२८ असार २०८३, आइतबार

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३६ जना घाइते

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १८ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।