
काठमाडौं, १० असोज । सोकोन नेपालले खुशियालीको पर्व दशैंतिहारलाई अझ विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार अफरअन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन् । यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै सोकोन ईभी भ्यानमा भ्याल्यु पनि थप्नेछन् ।
ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुङ ग्यालेक्सी ए०७ (६प्लस१२८जीबी) स्योरशट उपहारका रूपमा दिइनेछ । यसले ग्राहकलाई सजिलै बुकिङ गर्न र चाडपर्वको तयारी गर्न सहयोग पुर्याउनेछ ।
यस स्किममा १ वर्षको फुलइन्स्योरेन्स (अटो प्लस) समावेश छ जसले नयाँ भ्यानमा निश्चिन्तताको अनुभव दिन्छ । साथै, क्यासलेस इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध छ, जसले इन्स्युरेन्स क्लेम गर्न झन् सजिलो बनाउने कम्पनीले जनाएको छ ।
दशैं विशेष अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्नेछ जसले गर्दा ग्राहकलाई चाडपर्वको बेलामा थप आर्थिक बोझबाट मुक्त बनाउनेछ ।
कम्पनीका अनुसार यो चाडपर्व अफर केवल उपयोगी सुविधा दिन मात्र नभई चाडपर्वलाई झन् उत्साहपूर्ण बनाउन ल्याइएको हो । उपहार, इन्स्योरेन्स र फाइनान्सको सहजता मिसाएर सोकोनले ग्राहकलाई आधुनिक मोबिलिटी र दिगो यातायातको साथमा दशैं मनाउने अवसर दिएको छ ।








प्रतिक्रिया