काठमाडौं, २९ भदौ । जीवन बीमक संघ नेपालले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरेको छ।
सभाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिव नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्ष दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) तथा प्रणय कुमार (एलआइसी नेपाल) चयन भएका छन्।
नवगठित कार्यसमितिले बीमा क्षेत्रको विकास, बीमा सचेतना, कर्मचारी क्षमतावृद्धि, बीमितको हित संरक्षण र बीमा सेवाको सर्वसुलभ विस्तारका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
सभामा संघका सदस्य तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा जीवन बीमा क्षेत्रमा देखिएका चुनौती, सम्भावना र आगामी रणनीतिबारे पनि व्यापक छलफल भएको थियो।









प्रतिक्रिया