३१ जेष्ठ २०८३, आइतबार

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय प्रतिवेदन छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकका रूपमा पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउने लक्ष्यसहित संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण, तालिम एवं अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानी अभ्यासलाई प्राथमिकतामा राखी कार्य भइरहेको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले २०८१/८२ को प्रगति र २०८२/८३ का रणनीतिक योजनाबारे प्रस्तुति दिएका थिए।

मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले बीमितबाट संकलित रकम सुरक्षित लगानी गरी उत्कृष्ट प्रतिफल सुनिश्चित गर्न व्यवस्थापनलाई आग्रह गरेका थिए। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानीको सुरक्षा, उपयुक्त समय र स्थानमा लगानी गर्ने र कम्पनीको ब्राण्ड ख्यातीलाई विकासमा प्रयोग गर्न सुझाव दिए।

सभाले नियुक्त भएका सञ्चालकहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भएका ४ जना कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाललाई सञ्चालक नियुक्तिका लागि अनुमोदन गरेको छ।

यस्तै, आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई समितिको अध्यक्षमा चयन गरेको छ। नवनियुक्त सञ्चालकहरूले पदबहालीसमेत गरेका छन्।