१२ असार २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकले दसैँअघि नै ८ प्रतिशत लाभांश वितरण गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । माछापुच्छ्रे बैंक लिमिटेडले दसैँअघि नै सेयरधनीलाई प्रतिफल वितरण गर्ने भएको छ।

शुक्रबार पोखरामा सम्पन्न बैंकको २७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल ८ प्रतिशत लाभांश पारित गरेपछि यस वर्ष लाभांश वितरण गर्ने पहिलो बैंक बनेको हो।

सभाले हाल कायम ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजीमा ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकले नगद लाभांश दसैँअघि नै सेयरधनीहरूको खातामा जम्मा गर्ने तयारी गरेको छ भने बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी १२ अर्ब ८ करोड रुपैयाँ पुग्ने जनाएको छ।

बैंकले यसअघि पनि नियमित लाभांश वितरणमार्फत सेयरधनीहरूको विश्वास आर्जन गर्दै आएको छ भने यो निर्णयले लगानीकर्तामा थप उत्साह जगाउने विश्वास लिइएको छ।