३० असार २०८३, मंगलबार

लक्ष्मी सनराइज नेतृत्वको कन्सोर्टियमले जलविद्युत आयोजना वित्तीयकरण गर्न गर्‍यो सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा बनेको बैंकिङ कन्सोर्टियमले दूधकोशी हाइड्रोपावर नेपाल प्रा.लि. सँग ७० मेगावाट क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनाका लागि वित्तीय सुविधा सम्झौतामा हस्ताक्षर गरेको छ।

सोलुखुम्बु जिल्लास्थित दूधकोशी नदीमा निर्माणाधीन उक्त आयोजना करीब १५ अर्ब रुपैयाँ लागतमा निर्माण हुँदैछ, जसमा कन्सोर्टियमले ७० प्रतिशत (१०.५ अर्ब रुपैयाँ) ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत लागत परियोजना प्रवर्द्धक र सर्वसाधारणबाट जुटाइनेछ। कन्सोर्टियममा लक्ष्मी सनराइज प्रमुख, एभरेष्ट बैंक सह–प्रमुख र सानिमा बैंक सदस्यको रूपमा रहेका छन्।

दूधकोशी–२ आयोजना (जलेश्वर) ले २०७७ असोज ७ गते ऊर्जा विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको थियो भने २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरीद सम्झौता गरेको थियो।

आयोजना आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, बिक्रम गौतम, बिकास गौतम, अरुण अग्रवाल, नरेंद्र गुप्ता, डा.हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटलद्वारा प्रवर्द्धन गरिएको हो।

परियोजना २०२९ जुलाईसम्म सञ्चालनमा आएपछि वार्षिक ४१७ गीगावाट घण्टा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्नेछ। यससँगै यो आयोजना नेपालको स्वतन्त्र विद्युत उत्पादक मध्येको एक ठूलो आयोजना बन्ने अपेक्षा गरिएको छ।