काठमाडौं, ६ असोज । स्कोडा नेपालले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ।
“फास्ट एण्ड फियरलेस” भन्ने थिमसहित सुरु गरिएको उक्त अभियानमार्फत ग्राहकहरूले चाडपर्वको समयमा विशेष छुट, रोमाञ्चक अनुभव र अविस्मरणीय अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।
अभियान अनुसार, स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउनपेमेन्टमा गाडी लिन सक्ने सुविधा, ४ लाख रुपैयाँसम्मको नगद छुट र सबैभन्दा विशेष रूपमा कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार यो अवसर जीवनमै एकपटक पाइने अद्वितीय मौका हुनेछ।
ग्राहकहरूको चाडपर्वलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन स्कोडाले अफर र पुरस्कारहरूको संयोजन ल्याएको छ, जसले गर्दा ग्राहकले केवल गाडी मात्र होइन, स्मरणीय अनुभव पनि साथमा लैजान सक्नेछन्।
स्कोडाका दमदार डिजाइन, अत्याधुनिक प्रविधि र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारलाई निरन्तर नयाँ परिभाषा दिइरहेको कम्पनीले दाबी गरेको छ।
नेपालभरका अधिकृत स्कोडा सोरूमहरूमा बुकिङ सुरु भइसकेको छ। कम्पनीले यो अभियानलाई समुदायप्रति आभार प्रकट गर्ने र अझ राम्रो सेवा दिने प्रतिबद्धता रहेको जनाएको छ।








प्रतिक्रिया