७ असार २०८३, आइतबार

एससीटीले ल्यायो ‘एससीटीसँग स्मार्ट उत्सव’ अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापनादेखि छठसम्म स्मार्ट सेलिब्रेसन बाई एससीटी अफर सुरु गर्दैछ ।

यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गतेसम्म एससीटी युनियन पे कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम रु १०० हुने गरि छुट प्राप्त गर्नेछन् ।

यसको लागी भुक्तानी गर्न एससीटी युनियन पे कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापना देखि छठसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।

यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी युनियन पे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिनेछ ।