
काठमाडौं, ३ असोज । उत्कृष्ट नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यसवर्षको दशैं विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले ७० एमबीपीएस इन्टरनेट जडान गर्दा मात्र ४४३ रुपैयाँ प्रति महिनामा वाईफाई सिक्स राउटर पाउन सक्नेछन् । अब १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा उपलब्ध हुने भएको हो ।
कम्पनीका अनुसार यस्तो छ वाईफाई सिक्स राउटरको विशेषता र फाइदाः
–एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पीड नघट्ने ।
–५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले घर वा अफिस दुवैका लागि उपयुक्त हुने।
–कम लेटेन्सी: गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने ।
–डबल ब्याण्ड सुविधा (२.४जीएचजेट र ५जीएचजेट) : स्थिर र तेज इन्टरनेटको लागि उपयुक्त रहेको ।
–ब्याट्री बचत सुविधाः मोबाइल, ल्यापटप जस्ता डिभाइसहरूको ब्याट्री खपत कम गर्ने ,जस्ता सुबिधा वाई फाई सिक्समा रहेको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ । जसमा १०० ,२०० र ३०० एमबीपीएससम्मका स्पीड अफरहरू समावेश छन् ।
त्यसैगरी, इन्टरनेटसँगै आइपी टिभी सेवा पनि उपलब्ध छ, जहाँ मात्र २५० रुपैयाँ प्रति महिनामा स्मार्ट सेटटप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिनेछ । क्लासिक टेक सधै प्रविधि र सेवामा अग्रणी रहँदै ग्राहकहरूको आवश्यकता अनुसार उच्च स्पीड र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धमा अगाडि रहेको छ ।








प्रतिक्रिया