
काठमाडौं, २ असोज । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको २५ लाख कित्ताको साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नर्भिक इन्टरनेशनल हस्पिटलले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहुविशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ । यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ ।









प्रतिक्रिया