१२ असार २०८३, शुक्रबार

शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । हालैको जेनजी आन्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।

कम्पनीका अनुसार वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

‘वर्तमान परिस्थितिमा समुदाय र शहरको पुन निर्माणको लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौँ ।’ कम्पनीले भनेको छ ।