४ असार २०८३, बिहिबार

आजदेखि सुकिला नोट सटही सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि सुकिला नोट सटही सुरु गरेका छन्।

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार सर्वसाधारणले तोकिएका कार्यालय तथा शाखा बैंकहरूमा गएर सुकिला नोट सटही गर्न सक्नेछन्। यस पटक पनि पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मका नोट साट्न सकिने र प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।

दशैंका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसहित विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा नोट सटही सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। त्यस्तै, वाणिज्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत पनि नोट साट्न सकिनेछ।

गत वर्षको दशैंमा पनि नयाँ नोट साट्ने सुविधा रोकिएको थियो र सुकिला नोट मात्र सटही गरिएको थियो। यसपटक पनि उही व्यवस्था कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।