
काठमाडौं, २३ भदौ । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि हो । नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यवसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट रहँदै आएको छ ।
यही विश्वासलाई अझ मजबुत बनाउन यसपालीको दशैं, तिहार एवं छठ पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सले ग्राहकहरूका लागि विशेष ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ ।यस विशेष अफरमा सहभागी भएका ग्राहकहरूले बम्पर उपहारसहित थुप्रै शानदार पुरस्कार जित्ने अद्वितीय अवसर पाउनेछन् ।
लक्की ड्रमार्फत पाउन सकिने पुरस्कारहरूः
– १,००,००० रुपैयाँ माथिको खरिदमा १५० सिसिको बजाज पल्सर (बम्पर उपहार)
– ७५,००० रुपैयाँ माथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर
– २५,००० रुपैयाँ माथिको खरिदमा स्मार्ट टिभी
– ५,००० रुपैयाँ माथिको खरिदमा स्मार्टफोन
कम्पनीका अनुसार यसबाहेक, हरेक खरिदमा १,००० रुपैयाँसम्मका क्यासब्याक कुपनहरू ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ ।
सक्कली पार्ट्स प्रयोगको महत्वः
कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतका अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउन मद्दत गर्दछ ।








प्रतिक्रिया