२७ जेष्ठ २०८३, बुधबार

एससीटीका सीईओ घिमिरे युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद् बैठकमा सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले हालै सम्पन्न युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद् बैठकमा नेपाल र दक्षिण एशियाली क्षेत्रलाई प्रतिनिधित्व गर्दै बैठकमा भाग लिएका छन् । यस प्रतिष्ठित मञ्चले एशिया–प्रशान्त क्षेत्रका बैंकिङ तथा वित्तीय उद्योगका नेतृत्वलाई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यबारे छलफल गर्न एकसाथ ल्याएको छ ।

बैठकमा सीईओ घिमिरेले अझ गहिरो क्षेत्रीय सहकार्य र पेमेन्ट सिस्टमहरू उच्च अन्तर–सञ्चालन क्षमताको हुनुपर्ने पक्षमा दृढ वकालत गरेका थिए । बैठकमा उनले सुरक्षित, समावेशी र अन्तरसञ्चालनशीलता भुक्तानी प्रणाली निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । साथै, उच्चस्तरीय प्यानल छलफलमा उनी सँगै अन्य बैंक, वित्तीय संस्था तथा फिनटेक कम्पनीहरू लगायतका प्रतिनिधिहरूसँग प्रमुख वक्ताको रूपमा सहभागी भई उनले अहिलेको उदाउँदो भुक्तानी प्रवृत्ति, सहकार्यका अवसर, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी विकासबारे आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

यसका अतिरिक्त घिमिरेले पीसीआई सेक्युरेटी स्टान्डर्स काउन्सिल, रेजिनल बोर्ड जस्ता अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एससीटीलाई प्रतिनिधित्व गर्दै आएका छन् । यस्ता भूमिकामा उनको सक्रिय सहभागिताले नेपालमा मात्र नभई क्षेत्रीय स्तरमै डिजिटल भुक्तानी क्षेत्रलाई आकार दिन एससीटीको नेतृत्व बढिरहेको स्पष्ट देखाउँछ । यसले नेपालभित्र तथा बाहिर नवप्रवर्तन, सहकार्य, र दीगो वृद्धिमा एससीटीको दृढ प्रतिबद्धता पुनः पुष्टि गरेको कम्पनीको भनाइ छ ।